सेयर
काठमाडौं (कस) ।
मन्त्रीपरिषद् बैठक अहिले बसिरहेको छ । बैठकमा जारी लकडाउनको स्वरुप परिवर्तनबारे छलफल भैरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नियमित छलफल तथा अन्य केही विषयहरुमा केन्द्रित भएको प्रधानमन्त्रीका केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
मन्त्रिपरिषदको बैठकले बर्खे अधिवेशन आह्वानको गर्ने तयारी गरेको छ। आजको बैठकले लकडाउनको मोडालिटी बनाउन गृहकार्य गर्ने बुझिएको छ। सरकारले वैशाख २५ गतेसम्म लकडाउनको घोषणा गरेको छ। हवाइ उडान र उत्तर र दक्षिणतर्फका सीमा नाका बन्द राखेर मुलुकभित्र खुकुलो बनाउने तयारी भइरहेको बताइएको छ ।
shere this