सेयर
काठमाडौं ।
मलेसियाको पहाङमा रहेको एक कम्पनीमा कार्यरत नेपाली कामदारले कम्पनीमा कोरोना फैलिएको जानकारी दिएका छन् ।
पहाङको रवरफ्लेक्स एसडिएन विएचडीमा कार्यरत २ सय बढी कर्मचारीमध्ये १ सय ३५ जनामा कोरोना पोजेटिभ देखिएको त्यहाँ कार्यरत नेपाली कामदार जीतबहादुर मोक्तानले बताए । अधिकांसमा कोरोना संक्रमण देखिएपछि त्रास फैलिएको छ ।
१५ जना नेपाली कामदारलाई कोरोना देखिएको भन्दै उनले कोरोना पोजेटिभ देखिएपछि कम्पनीले राहत वितरण गरेको तर त्रास फैलिएको बताए ।
उनले कम्पनीमा कार्यरत नेपाली कामदार स्वदेश फर्कन चाहेको बताएका छन् । कम्पनीमा ढुक्कसँग बस्न सक्ने अवस्था पनि नरहेको र नेपाल आउन पनि नपाउँदा थप पिडा भएको उनले बताए ।
shere this
Recent Comments