सेयर
-पवन पटेल (भारत)
अनुवादः बलराम तिमल्सिना
कालापानी या लिपुलेक
साम्राज्यवाद को छन अभिलेख
विस्तारवाद दिल्ली को सत्ता भन्दछ
सम्प्रभुता नेपालको बन्धकीमा छ
हेर मेरो पकेटमा !
कोट्याएर हेर
अतीतको जरा
सुगौली सन्धीको !
मैले त बिँडो थामेको छु
ब्रिटिश राज को
सन् पचासको सन्धी हेर
राजतन्त्र अवसानपछिको भबिष्य हेर
संबिधान सभापछि जन्मेको
संघीय गणतंत्र नेपालको यथार्थ हेर
कालापानी या लिपुलेक
दक्षिण एशियाको नक्शामा एक
के नेपाल भारतको हो र भन्या केक?
सत्ताधारी कम्युनिस्ट नेपाली
सोशलिस्ट कांग्रेसी दुवै एक पालै पालो दुवै मिलेर
भारतलाई दिन्छन् गुप्त विवेक
कब्जा गर भूभाग नेपाली बन अविवेक
भन्दछ यही सत्य कटु
कवि स्वयं भू लगाएर आफ्नो स्वविवेक !
shere this
Recent Comments