सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जुगल गाउँपालिका २ लिदीमा पहिरो जाँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । आज विहान थप दुई जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको हो ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले खोजतलासको क्रममा थप दुईवटा शव भेटिएको जानकारी दिए । हिजो बिहान गएको पहिरामा परी मृत्यु भएका ११ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा पुरुष दुई, महिला चार र बालबालिका पाँच जना छन् । पहिरामा परेका २७ अझै बेपत्ता छन् । मृत्यु हुनेमा पिर्ती दोङ, धनमाया दोङ, टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, सानू दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, तारल्हमो दोङ र रिमेक्स दोङ रहेका छन् ।
आज बिहानैबाट सेना प्रहरी र स्थानीयले पहिरामा पुरिएकाको खोजी गरिरहेका छन् ।
shere this