एजेन्सी ।
चीनले तीन जना विदेशी पत्रकारलाई आफ्नो मुलुक छाड्न चेतावनी दिएको छ । चीनमा फैलिएको कोरोना भाईरसको बिषयलाई लिएर प्रकाशित समाचारप्रति आपत्ति जनाउदै चीनले दुई जना अमेरीकी पत्रकार र एक जना अस्ट्रेलियन पत्रकारलाई ५ दिनभित्र चीन छोड्न चेतावनी दिएको हो ।
अमेरिकाको पत्रिका वाल स्ट्रिट जर्नलमा चीनमा फैलिएको कोरोना भाईरसलाई लिएर प्रकाशित विचारका कारण ती पत्रकारलाई चीन छाड्न लगाइएको हो।
माओको शासन कालपछि चीनले एकै मिडियाका यति धेरै विदेशी पत्रकारलाई एकैपटक निष्काशन गरेको पहिलो पटक भएको बताइएको छ। निष्काशित हुने पत्रकारमा पत्रिकाका डेपुटी ब्यूरो प्रमुख जोसेफ चिन, चाओ देङ र फिलिप वेन रहेका छन्। चीन र देङ अमेरिकन नागरिक हुन् भने वेन अस्ट्रेलियन नागरिक हुन् ।
जर्नलले कोरोनाभाइरसको विषयमा फेब्रुअरी ३ देखि बार्ड कलेजका प्राध्यापक वाल्टर रसेलको ‘चाइना इज द रियल सिक म्यान अफ एसिया’ शीर्षकको स्तम्भ छाप्दै आएकोमा चीनका विदेशमन्त्रीले आलोचना गरिरहेका थिए।