काठमाडौं ।
देशभक्त जनगणतान्त्रिक मोर्चाले कोरोेना भाइरसको नियन्त्रण र रोकथामका लागि सरकारले अपेक्षाअनुरुप काम गर्न नसकेको आरोप लगाएको छ ।
मोर्चाले आज एक विज्ञप्ती जारी गर्दै संक्रमित देशबाट भित्रिएका करिब ९ लाख मानिसहरुको जाँच गरिसक्नुपर्ने भएकोमा ५ जनामात्र संक्रमित भएको भनेर आत्मरती लिने काम गरेको भन्दै परिक्षणको कामलाई युद्धस्तरमा अगाडि बढाउन माग गरेको छ ।
मोर्चाका अध्यक्ष सिपी गजुरेलले जारी गरेको विज्ञीप्तीमा मापदण्डअनुसारका व्यवस्थित क्वारेन्टाइनको निमार्ण गर्न, विरामीका लागि चाहिने आइसियु र भेन्टिलेटरको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
रुघाखोकी र ज्वरो आएका विरामीलाई निजी अस्पतालले गेटबाट भित्र पस्नै नदिने गरेको भन्दै मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गरि सरकारले सञ्चालन गर्न भनिएको छ ।
ज्यान जोखिममा राखेर काम गरिएका डाक्टर नर्स स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामाग्री उपलब्ध गराउन माग गर्दै मोर्चाले उनीहरुको स्वास्थ्यबिमा, भत्ता र अन्य सहुलियत दिन पनि माग गरेको छ । लकडाउन प्रभावितका लागि घोषित राहत व्यवहारिक नभएको भन्दै मोर्चाले श्रमिक र तल्लो वर्गको दैनिक समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।