प्रकाशप्रसाद फुयाल
ककनी १
कम्युनिस्ट सामन्त भएपछि,
कार्यकर्तालाई पाउ मोल्न लगाउँछन् !
टाउकोमा तेल लगाउन लगाएर,
जिउमा मालिस गर्न लगाउँछन् !
फूलमाला पहिर्याउन लगाएर,
जयजयकार गर्न लगाउँछन् !
यस्तै छ हाम्रो कम्युनिस्ट संस्कार,
यस्तै छ हाम्रो कम्युनिस्ट नियती ।
यता दक्षिण पनि मनाउनै पर्यो,
उता उत्तर पनि रिझाउनै पर्यो,
उत्तर र दक्षिण मिक्स भएको,
हाम्रो कम्युनिस्ट संस्कार,
हाम्रो कम्युनिस्ट आचरण ।
दलालीकरण भएर
नवसामन्तवादमा पतन भएपछि पनि
आफूलाई कम्युनिष्ट भन्न छोड्दैनन्
हाम्रा कम्युनिस्ट सामन्तहरु !
सुन्ड र मुसन्ड बटुलेर झुण्ड बनाउछन्,
कोही कालो कम्युनिस्ट बनाउँछन्
कोही गोरो कम्युनिस्ट बनाउँछन् !
रंगभेदमा बाँडिएको
जातीभेदमा बाँडिएको
खोई कस्तो कम्युनिस्ट हो हाम्रो
देशको खल्तीबाट हजार हजारका बिटा झिक्छन्
कार्यकर्तालाई क्रय विक्रयको वस्तु ठान्छन्
न नीति छ न नेतृत्व छ व्यवहारमा,
संगठन फुलनदेवीको जस्तो बनाउँछन् ।
फेरि मार्क्सवादको आदर्श छाँट्छन्
सिद्धान्त एकातिर
व्यवहार अर्कोतिर भएको
कम्युनिस्ट सामन्तलाई नेता छान्छन् ।
जनता पनि उस्तै
नेता पनि उस्तै
जय जय मार्क्सवाद
जय जय माओवाद !!