काठमाडौं ।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ । आज एकैदिन पर्साका १७ जनामा कोरोना पोजेटिभ पुष्टी भएपछि संक्रमितको संख्या ९९ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा यसबारे जानकारी दिएका हुन्। देवकोटाले कोरोना पुष्टि भएकाहरुमा २ महिनादेखि ६६ वर्षकासमेत रहेको जानकारी दिएका छन्। डा. देवकोटाका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट १० जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। हालसम्म २२ जना कोरोना संक्रमित निको भएका छन्। पछिल्लो पटक विराटनगरबाट ६ जना भारतीय जमातीहरु निको भएर बुधबार डिस्चार्ज भएका छन्।
डा. देवकोटाका अनुसार देशभर भेटिएका संक्रमितमध्ये ७१ जना पुरुष छन् भने २८ जना महिला रहेका छन्।
डिस्चार्ज भएर गएका रौतहटका एक युवक र भारतीय जमातीमा कोरोना देखिएपछि पुन: अस्पताल भर्ना भएका छ्न। त्यस्तै काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटिक अपार्टमेन्टका ५८ वर्षीय पुरुषमा पनि कोरोना दोहोरिएपछि उपचारका लागि पुन: पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।