सेयर
काठमाडौँ ।
नवनियुक्त तीनजना मन्त्रीले आज शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा माओवादीका हितबहादुर तामाङ, एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्यालले बिनाविभागीय मन्त्रीका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।
बहालवाला सबै मन्त्री बर्खास्त गरी सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै लिनुभएको छ । नवनियुक्त मन्त्रीहरुको मन्त्रालय भने पछि तोकिने राष्ट्रपति कार्यालयले पठाएको विज्ञप्तिमा उल्लेख छ ।
shere this