केशव घिमिरे/अमेरिका ।
संयुक्त रूबाई कृति ‘खैयामलाई प्रश्न’को विश्वव्यपि विमोचन भएको छ । चैत १६ गते क्रिएटिभ सर्कल, अस्ट्रेलियाको ब्यानरमा प्रकाशन भएको ‘खैयामलाई प्रश्न’ ऐतिहासिक रुबाईकृतिमा २२८ जाना सर्जकका रुबाई समेटिएका छन् ।
अनलाइन भर्चुअल माध्यबाट आयोजना गरिएको विमोचन कार्यक्रममा नेपाल, भूटान, भारत, युएइ, अमेरिका, जापान, अष्ट्रेलिया लगायतका देशबाट ५२ जना रुबाइका सर्जकको उपस्थिति रहेको थियो ।
कार्यक्रममा क्रिएटिभ सर्कल, अस्ट्रेलियाका संस्थापक रिमेन आलोकले क्रिएटिभ सर्कलको बारे र विशेष क्रिएटिभ सर्कलले प्रकाशन गकेका कृतिहरूबारे प्रष्ट पार्दै स्वागत मन्तव्य राखेका थिए।
रुबाई विधाका अभियानकर्ता तथा यस कृतिका सम्पादक प्रकाश आङदेम्बेले नेपाली साहित्यमा रुबाई विधाको प्रवेश र मौलिक नेपाली ‘रुबाई’ को प्रारम्भ, मौलिक नेपाली रुबाईका प्रकाशित कृतिहरु र रुबाईमा गरिएका प्रयोगहरु, ‘रुबाई’ किन ‘मुक्तक’ होइन र के भिन्नता छ लगायतका विषयमा प्रकाश पारेका थिए ।
भारतीय-नेपाली लेखक पिस्कर सिंगरले यो कृति एउटा ऐतिहासिक दस्तावेज भएको र सबै रूबाईहस्तिहरूले उत्साह मनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले भारतमा रहने नेपालीहरू सधै नेपाली साहित्यमा पनि विशेष रूबाईलाई प्रवर्द्धन गर्द सदैव लागिरहने विस्वास व्यक्त गर्नुभयो ।
साहित्य परिषद भूटानको प्रतिनिधित्व गर्दै दिल भूटानीले आफू शरणार्थी शिविरमा नै रहे पनि पुनर्वासमा गएर नेपालीभाषी साहित्यकर्मीहरूले गरेको यो योगदानलाई इतिहासले सम्झने बताउँदै रूबाईकृति ‘खैयामलाई प्रश्न’ को सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
रूबाई र मुक्तकको फरकबारे बोल्दै बिराटनगरका साहित्यकार लक्ष्मी नारायण जोशीले रूबाई आफ्नो संरचनामा दरो र प्रष्ट भएकै कारण पनि रूबाईलाई रूबाईकै रूपमा इतिहासले स्विकार्ने बताउनुभयो । जापानबाट स्रष्टा गंगा गगनले यो एतिहासिक कृतिमा आफ्ना रूबाईयात अटाउनु नै आफूलाई भाग्यमानी ठानेको बताउनुभयो ।
कृतिका संयोजक एवं क्रिएटिभ सर्कलका संस्थापक दुर्गाप्रसाद रिमालले एतिहासिक रूबाईकृति “खैयामलाई प्रश्न” नेपालीभाषाका तर्फबाट विशेष मुलधारको नेपाली साहित्यलाई दिएको एउटा उपहार भएको भन्दै जोगाएर सुरक्षित राख्न साहित्यकर्मी/साहित्यअनुरागीमा आव्हान गर्नुभयो ।
ग्लोवल भूट्निज लिट्टेचर अर्गनाइजेसलाई प्रतिनिधित्व गर्दै साहित्यकार तथा समाजसेवी कर्ण गुरुङले संयुक्त कृति साँच्चै एतिहासिक भएको बताउँनुभयो ।
साहित्यकार लिला निशाले नेपाली साहित्यमा अर्को इतिहास थपिएको भन्दै रूबाई बिधालाई संरक्षण गर्ने हामी सबैको दाइत्व रहेको बताउनु भयो । कवि मनु हयलोहारूगं राईले शुभकामना व्यक्त गर्दै नेपाली साहित्यले अर्को एउटा इतिहास रचेको बताउनुभयो ।
सर्जकहरु सौरभ तिमिल्सिना, किसोर अविदित, उत्तम लिम्बु, एसबि ताम्लिङ, कुशल राई, निमा तामाङ, सुरेस काफ्ले, इनुमा इनु, कान्छा बाजे लगायतले पुस्तकमा रहेका आ-आफ्नो रचना वाचन गरेका थिए । कार्यक्रममा कार्यक्रममा ‘द नेसेन्स फ्याल्यांस’ अमेरिकाका संस्थापक मनोरथ पोख्रेल, कवि राज माङ्लाक, कलाकर्मी देउ राई, विरु ओ खैयाम, सुरेश विदारक, पुष्कर बराल, छत्र दंगाल, नरेश गौतम, नैनसिंह सारू मगर लगायतको उपस्थिति थियो ।









































