-ईन्जीनियर रामकृष्ण राजभण्डारी
आमाको कोखबाट बाहिरिएपछि सुरु भो जिवन
खाँदै खेल्दै, तातेताते, सासासुसु गर्दै बित्यो बालापन
हल्लिँदै, जिस्कँदै, ठुस्किँदै, लहैलहै भो युवावस्था
रमाइलो, घमाइलो, पढन्ते, उडन्ते रह्यो यौवनावस्था
समय आयो गयो बिहेवारी घरजम बसाइयो
काम धन्दा कहिले यो कहिले त्यो भन्दै रमाइयो
सोझो बाङ्गो उकाली ओराली जीवन दौडिरह्यो
हेर्दा हेर्दै दायाँ बायाँ विगत बर्तमान के के भयो भयो
२, ३, ४ बढ्दै बढाउँदै परिवार पनि भयो ठूलो
जहाँ जे भएनि बिर्सिनु हुन्न आफूले खेलेको धुलो
परिवर्तन सास्वत सत्य हुन्छ भैरहेछ यो धर्तिमा
सत्कर्म गरौँ, बाँचौ, बँचाऔ मानवरुपी यो जुनिमा
कमाउने, गुमाउने जोड घटाउ चक्र रहेछ जीवन
बुझौ धन, पद, शक्ति नभए नी चलेको छ जीवन
लोभ, लालच, क्रोध, मोह राख्नु हुन्न मनमा
अह्म, घमण्ड त्याग गरी बस्नुपर्छ जनजनमा
म होइन हामी भनौँ हामी मै छ शक्ति
सत्मार्गमा लागौँ गर्ने छ सबैले भक्ति
जे भए नी, जे गरे नी रहन्छ आआफ्नो जीवन लिला
कर्म, नाम छोडी अन्तिममा सबै जाने एउटै इहलीला
Recent Comments