नेेपालमा राजनीतिले संकटको मोड लिएका बेला भारतका गृहमन्त्री आउने भएका छन् । भोली नै त्यहाँका गृहमन्त्री अमित शाह नेपाल आउने खबर जनआस्थाले लेखेको छ ।
शाहको नेपाल भ्रमणको तयारी पूरा भएको छ । भोलि एअर इण्डियाको उडानबाट दिउँसो काठमाण्डौ ओर्लने शाहले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादलसहित सरकारका महत्त्वपूर्ण मन्त्रीहरूसङ्ग भेट्वार्ता गर्ने छन् ।
भ्रमणकै क्रममा शाहले हाम्रा प्रधानमन्त्री ओलीलाई आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो हस्तान्तरण गर्नेसमेत योजना रहेको बताइन्छ । शाह पर्सीमात्र भारत फर्कनेछन् ।
संसद विघटन नेकपा विभाजन र मध्यावधी चुनावको घोषणा भएपछि तत्काल भारतीय उच्चअधिकारीको भेटलाई महत्वपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री ओलीको पछिल्लो कदमबाट भारत खुसी भएको विश्लेषण विभिन्न विश्लेषकले गरेका छन् ।