नेपाल पत्रकार महासंघ नुवाकोटमा फेरि चुनाव हुने भएको छ । गत चैत २५ गते भएको चुनावमा संकेत नं भएको मतपत्र प्रयोग भएको तथा धाँदलीपूर्ण भएको उजुरी परेपछि केन्द्रीय निर्वाचन समितिले फेरि निर्वाचन गराउन निर्देशन दिएको हो ।
केन्द्रीय निर्वाचन समितिले त्रुटि सच्याएर एक साताभित्र पुनः निर्वाचन गराउन जिल्ला निर्वाचन समितिलाई निर्देशन दिएको हो ।
सम्भव भए एक साताभित्र निर्वाचन गर्ने अन्यथा निर्वाचनको मितिका लागि केन्द्रीय निर्वाचन समितिसँग समन्वय गर्न निर्देशन दिएको समितिका संयोजक कपिल काफ्लेले बताउनुभयो ।
नेपाल प्रेस युनियन नुवाकोटले पनि निर्वाचन रद्दको माग गरेको थियो । निर्वाचन नै विवादित भएपछि केन्द्रीय निर्वाचन समितिले मतपेटिका काठमाडौँ झिकाएर अनुसन्धान थालेको थियो । संकेत नं भएका मतपत्र प्रयोग हुनु गम्भीर त्रुटि भएको निर्वाचन समितिको ठहर छ ।