सेयर
पुरुषोत्तम लम्साल
अमेरिका
फलानो लामिछाने थरका व्यक्ति देशको चमत्कार गर्न नेपाल फर्किएका हैनन्। देशको मायाले विक्षिप्त भएर देश फर्किएका हैनन्। अनेक लफडा र जालोमा जेलिएर टिक्न नसकेर हिंडेका हुन्। सोह्रै आना सज्जन भएर हैन लफडामा परिने। यता पनि पटकपटक अदालती लफडामा परेकै हुन्। यता चाँहि बुद्धहरुलाई मात्र अदालतले मुद्दामा फसाउँछ भन्ने नठान्नुहोला।
यता पनि पेसा, व्यवसाय, घर समेत “भाँडिएपछि“ निम्छरो कानुन भएको हाम्रै देश हानिएका हुन्। भानुभक्तले भनेको जस्तो ‘कीर्ति राख्न कुवा खन्न हिंडेका’ हुन् भन्ने भ्रममा नपरौँ । नेपालमा पनि पत्रकारिता नामको धन्दा फस्टाएपछि नेपालमै कमाउन सकिने देखेर नागरिकता त्याग्न विवश भएका हुन्।
आमाको काखमा फर्किनु र आमाको लाम्टो पनि चुस्न फर्किनुमा फरक छ नि सोल्टी। देशमा कानुन बलियो हुन्थ्यो त उनी कि उहिल्यै डिपोर्ट हुन्थे कि उहिल्यै झ्यालखानामा जाकिन्थे। धेरै फुरफुर नगरम् लाटो देशमा गाँडो तन्नेरी भएका मात्र हुन्। जोगी नयाँ भए पनि खरानी पुरानै हो भन्नेमा हामी स्पष्ट छौं।
(राजनीति नगरेको मात्र हो नबुझेको हैन।)
shere this