नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा माजदुर संघका अध्यक्ष कुमार पन्त, नेपाली काँग्रेस निकट नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघका अध्यक्ष खेमराज खड्का र नेकपा (एमाले) निकट नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनका अध्यक्ष लक्ष्मण तिवारीसहितको संयुक्त टोलिले गत वैशाखमा बुझाएको ६ शुत्रीय मागको अहिलेसम्म पनि सम्बोधन नहुनु दुःखद भएको बताए ।
मजदुरहरुको गुमेको अधिकारहरु र सेवाशुल्क कानूनीरुपमा पुनः प्राप्तिको व्यवस्था नभएसम्म अभियानलाई निरन्तर चलाइरहने मजदुर नेताहरुले जानकारी दिएका हुन् । संगठनहरुले चैत ४ गतेदेखि देशैभर मजदुर जागरण अभियान सञ्चालन गर्ने साथै प्रधानमन्त्री, अर्थमन्त्री, श्रम तथा सामाजिक सूरक्षा मन्त्री, पर्यटन मन्त्री तथा सबै दलका संसदिय दलको कार्यालयमा ज्ञापन पत्र बुझाउनेदेखि सरोकारवाला पक्षहरुसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । त्यसैगरी चैत २५ गते टे«डयूनियन महासंघहरुको उपस्थितिमा काठमाडौंमा विशाल मजदुर सभा गर्ने कार्यक्रम सार्बजनिक गरेका छन् । त्यसपछि पनि सेवाशुल्क पुनः प्राप्ति हुनेगरी कानूनी व्यवस्था गर्ने सुनिश्चितता हुनेगरी माग सम्बोधन नभए सशक्त आन्दोलनसहित अर्को चरणको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।