प्राज्ञिक विद्यार्थी परिषद् नेपालले प्रदान गरेको नथमल वैद्य हनुमानीदेवी सृजन पुरस्कार संस्कृत विश्वविद्यालयबाट शास्त्री तहमा प्रथम भएका नुवाकोटका पुजक बास्कोटाले पाएका छन् । यस्तै द्वतीय र तृतीय भएका विद्यार्थीहरूलाई समेत नगद पुरस्कार वितरण गरिएको छ ।
यस बर्षदेखी वितरण गरिएकाे श्री नथमल वैद्य हनुमानीदेवी सृजन पुरस्कार तनहुँकाे देवघाट धाममा गरेको प्रथम संस्कृत विद्यार्थी सम्मेलनमा प्रदान गरिएको हो ।
नेपाल संस्कृत विश्वविद्यालय महेश गुरुकुल देवघाटधामबाट शास्त्री तहमा प्रथम भएका पुजक वास्काेटा, द्वितीय कृष्णप्रसाद पाैडेल र तृतीय विष्णुहरी भट्टराईलाई क्रममा रू ५० हजार रू ३० हजार र रू २० हजार रकम सहित सम्मान पत्र वितरण गरिएको विद्यार्थी परिषद्ले जनाएको छ ।
उक्त पुरस्कार राशी विरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् उद्योग व्यावसायी असाेज वैद्यले विद्यार्थी परिषद् मार्फत हरेक बर्ष अलग अलग विधामा उत्कृष्ट भएका विद्यार्थीहरूलाई श्री नथमल वैद्य हनुमानीदेवी सृजन पुरस्कार नामबाट प्रदान गर्नका लागि सहयोग गर्दै आइरहेको परिषद्ले जनाएको छ ।
सनातन संस्कृतिकाे जगमा रहेर राष्ट्रव्यापी रूपमा रहेकाे क्याम्पस विश्वविद्यालयका विद्यार्थीहरू विच काम गर्दै आइरहेको विद्यार्थी परिषद्ले देशकाे विभिन्न क्षेत्र संचालन भएको गुरुकुल र संस्कृत विश्वविद्यालयमा पढदै गरेका विद्यार्थीहरूकाे सहभागीतामा यही पुस पहिलो साता प्रथम राष्ट्रिय संस्कृति विद्यार्थी सम्मेलन गरेकाे थियो ।