सेयर
काठमाडौं ।
ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल सांस्कृतिक युनियनले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा विरहीको गिरफ्तारीले सरकारको निन्दनीय कार्यको पराकाष्ठ नाघेको जनाएको छ ।
युनीयनका इन्चार्ज कृष्णहरी भट्टले आज एक वक्तव्य जारी गर्दै सरकारको यस्तो कामले संविधानको समेत उल्लंघन गरेको जनाएका छन् ।
राजनीतिक आस्थाकाे आधारमा कुनैपनि व्यक्ति वा समुहलाई गिरफ्तार वा प्रतिबन्ध लाउन नपाइने भन्दै भट्टले यस्ता प्रकृतिका कुकृत्य नगर्न माग गरेका छन् ।
युनीयनले सरकार जनविराेधी भएको भन्दै सरकारकाे विराेध तथा प्रतिकार गर्न सम्पुर्ण जनपक्षीय संस्कृति कर्मि तथा शक्तिलाई एक हुन समेत आह्वान गरेको छ ।
shere this