सन् २०१९ को डिसेम्बर अन्त्यतिरबाट देखा परेको कोरोना भाईरसका कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख ४४ हजार ६ सय पुगेको छ। वल्डोमिटरले प्रकाशित गरेको तथ्यांङ्क अनुसार विश्वभर कोरोना संक्रमितको संक्रमितको संख्या ३४ लाख ८० हजार २ सय ३४ पुगेको छ।
नेपालमा हालसम्म ५९ जनामा संक्रमण देखिएको छ । जसमध्ये १६ जना भने उपचारपछि निको भइसकेका छन्। छिमेकी मुलुक भारतमा कोरोनाबाट १ हजार ३ सय २३ जनाको मृत्यु भइसकेको छ । त्यहाँ ३९ हजार ६ सय ९९ जनामा संक्रमण फैलिएको छ ।
विश्वभर कोरोना लागेका ११ लाख ८ हजार ६५ जना निको भएको तथ्यांक छ ।
अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६७ हजार ४ सय पुगेको छ। गत २४ घण्टामा अमेरिकामा १६ सय ४७ जनाको ज्यान गएको छ। त्यस्तै अमेरिकामा संक्रमितको संख्या ११ लाख ५९ हजार ९ सय २३ छ। अमेरिकामा १ लाख ६० हजार मानिस निको भएर घर फर्किएका छन्।
आइतबार बिहानसम्मको तथ्यांकअनुसार विगत २४ घण्टामा संसारभर ८२ हजार १ सय ४० जना नयाँ संक्रमित भेटिएका छन्। स्पेनमा २ लाख ४५ हजार ५ सय ६७ संक्रमित रहेका छन्। त्यहाँ २५ हजार एक सयको ज्यान गएको छ। इटालीमा २ लाख ९ हजार ३ सय २८ जनामा संक्रमण भेटिएको छ भने २८ हजार ७ सय १०को ज्यान गएको छ।
बेलायतमा १ लाख ८२ हजार २ सय ६० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। बेलायतमा २८ हजार १ सय ३१ जनाको मृत्यु भएको छ। त्यस्तै फ्रान्समा २४ हजार ७ सय ६० जनाको मृत्यु भएको छ भने लाख ६८ हजार ३ सय ९६ जनामा संक्रमण देखिएको छ। जर्मनीमा तीव्र रुपमा फैलिको भाइरका कारण संक्रमितको १ लाख ६४ हजार ९ सय ६७ । त्यहाँ ६ हजार ८ सय १२ जनाको ज्यान गएको छ। टर्कीमा ३ हजार ३ सय ३६ को मृत्यु भएको छ भने त्यहाँ १ लाख २४ हजार ३ सय ७५ जना संक्रमति छन्। त्यस्तै रुसमा १ लाख २४ हजार ५४ जनामा संक्रमण देखिएको छ।