काठमाडौँ ।
नेकपा माओवादीले आफ्नो तर्फबाट मन्त्रीहरु टुंग्याएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई परराष्ट्रमा तानेर माओवादीले वर्षमान पुनलाई अर्थमन्त्री बनाएको छ । नेता हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त हुनुभएको छ । माओावादी सूचना तथा सञ्चार र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा भने दोहोर्याएको छ । सञ्चारमा रेखा शर्मा र उर्जामा शक्तिबहादुर बस्नेत दोहोरिने हुनुभएको हो ।
एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने हुनुभएको छ। यस्तै पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री बन्दा दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानी मन्त्री तोकिनुभएको छ ।
रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृह, डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री बन्नुहुने भएको छ । मन्त्रीमा नियुक्त भएकाहरुले आजै शपथ लिने कार्यक्रम तय भएको छ ।








































