काठमाडौँ ।
तीनबुँदे सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ ।
प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित गृहमन्त्री रामबहादुर थापा बादल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईसँगै भएको भेटमा बन्दी नेता कार्यकर्ता रिहाइ र मुद्धा खारेजीको सहमतीका बारेमा कुरा भएको बुझिएको छ । ओलीसँगको भेटमा विप्लवले सहमती कार्यान्वयनको प्रगतिबारे प्रश्न गर्नुभएको स्रोतले बतायो ।
विप्लवको जिज्ञासामा प्रधानमन्त्री ओलीले सहमती छिटो कार्यान्वयन हुने आश्वासन दिनुभएको बताइन्छ ।
भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा समेत छलफल भएको वालुवाटार स्रोतले बताएको छ । विप्लवले ओलीसँग हालको राजनीतिक समस्या समाधानको बाटो र प्रयासबारे चासो राख्नुभएको थियो ।
Recent Comments