नुवाकोट ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बेलकोटगढी नगरपालिका-६ नुवाकोटको वडा सम्मेलनले श्यामबहादुर थिङको नेतृत्वमा नयाँ समिति चयन गरेको छ ।
मङ्गलबार झिल्टुङ नेपाल समाजमा भएको तेस्रो वडा सम्मेलनले २१ सदस्यीय नयाँ समिति बनाएको हो । समितिको उपाध्यक्षमा दयानिधि नेपाल, कर्णबहादुर तामाङ, उर्गेन तामाङ, सचिवमा प्रदिप नेपाल, सहसचिवमा दिपेन्द्र नेपाल र कोषाध्यक्षमा रमिला तामाङ रहनुभएको छ । माओवादीको ४ महिने जनतासँग माओवादी रूपान्तरण अभियान अन्तरगत टोलटोलमा कार्यक्रम भइरहेका छन् ।
सम्मेलनलाई सम्बोधन गर्दै पार्टी बाग्मती प्रदेश उपाध्यक्ष एवं प्रदेश सांसद रामप्रसाद ढुंगानाले गाउँस्तरबाटै पार्टी सुदृढ गर्न नेतृत्वलाई परिचालन गरिएको बताउनुभयो । उहाँले पार्टी संगठन र विकास निर्माणका समस्याबारे गाउँ छिरेका नेतृत्वसँग खुलेर कुरा राख्न आग्रह गर्नुभयो ।