रामप्रसाद ढुंगाना, नुवाकोट
प्रथम विश्वयुद्ध सन् १९१४ देखि १९१८ सम्म संसारको युद्धबाट तहसनहस भएको प्रमाण नै सबैकासामु छ । आजभन्दा १०७ वर्षअगाडि प्रथम विश्वयुद्ध भएको थियो । आज सन् २०२१ अथवा विक्रम संवत् २०७८ असोज अमेरिका, बेलायत अष्ट्रिया तीन देश सामरिक आणविक केन्द्र अष्ट्रेलियामा तीन देशको सैनिक आणविक सम्झौता गरी दक्षिण पूर्व एसियालाई आर्थिक र सुरक्षाको घेरा हाली संसारको सम्राट बन्ने अमेरिकाको योजना हो र छ ।
अमेरिकाको दृष्टि उत्तरको हाम्रो छिमेकी एक अर्ब ४१ करोड जनसंख्या भएको चीन विभिन्न उन्नतिबाट विश्वको प्रथम शक्ति हुने छाँटमा देखी यो देशलाई घेरा हाल्ने अमेरिकी नीति अमेरिकाको योजनामा पुँजीवादी देश बेलायत र अष्ट्रेलिया साथै यो सैनिक गठबन्धनमा हाम्रो दक्षिणतिरको भारतसमेत देखिन्छ ।
विश्वका अरु देशहरु यो गठबन्धनले तरंगीत छन् । एसियाका साना देशहरु आफ्नो राष्ट्रियता कसरी जोगाउन सकिन्छ भन्नेमा छन् । हाम्रो देश नेपाललाई अमेरिकाले आफ्नो सुरक्षा मन्त्रालय अन्तरगतको एमसीसी प्रोजेक्टको नामबाट ५० करोड डलर देखाएर प्रोजेक्टको नाममा सुरक्षा दिन भन्दै अमेरिकी सेना ल्याउन तयार छ । अमेरिकाको ५१ वटा देशमा सेना तैनाथ छन् । जसमा हालसालै अफगानिस्तानबाट हट्यो । भियतनामबाट हारेर हट्यो ।
संसारमा अन्य मुलुकमा छँदैछन् । १९४५ मा दोस्रो विश्वयुद्ध सकिएको ७५–७६ वर्ष पछिदेखि हालसम्म जापानमा अमेरिकी सेना छ । दक्षिण कोरिया भन्ने देशमा अमेरिकी सेना रहिरहनुपर्ने के काम ? हामी नेपालीले एमसीसी स्वीकार्यौँ भने नेपालबाट अमेरिकी सेना फिर्ता जाँदैन । नेपाली सधैँ बम, गोला, बारुदको शिकार हुनेछौँ । त्यत्तिकैमा श्रीलंकाले नलिने भनेर एमसीसी फिर्ता गर्यो । नेपालले एमसीसी अस्वीकार गर्नुपर्छ । अमेरिका अस्ट्रेलिया, बेलायत, भारतको कारण तेस्रो युद्ध भयो भने करोडभन्दा माथि मानिसहरु मर्नेछन् । सिंगै देश मरुभूमि हुनेछ । अमेरिकासँग भएको ६० प्रतिशत सेना अनेक बहानामा आउनेछन् । सबै देश तेस्रो युद्धमा परिणत हुनेछन् साना देश हराउनेछन् ।