सेयर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले माओवादी केन्द्रसँग एकता हुने बताउनुभएको छ । माओवादीले जनताका पक्षमा काम गरे माओवादीसँग एकता हुने उहाँको भनाई थियो ।
धनगढीमा दलित मुक्ति मोर्चाको पाँचौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले माओवादीसँग एकता सम्भव रहेको र एकताका लागि सर्तसमेत अगाडि सार्नुभएको हो । ‘माओवादी केन्द्रसँग एकता सम्भव छ, हामी गर्ने नै हो तर त्यसका लागि जनताको पक्षमा काम गर्नुपर्छ । हामी पद, पैसा र कुर्सीको प्रलोभनमा परेर एकता गर्दैनौं ।’ उहाँले भन्नुभयो ।
shere this
Recent Comments