नेपालमा थप कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ। आज थप ३२ जना संक्रमित थपिएसँगै संख्या ५४८ पुगेको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको परीक्षणका क्रममा थप ३२ जना संक्रमित फेला परेका हुन्।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका आठ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै, सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १३ जना, बाराको करैयामाइ गाउँपालिकाका एक जना, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा आठ जना, चितवनको भरपुर ६ मा एक जना र काठमाडौंमा एकजना नयाँ संक्रमित पहिचान भएको हो।
संक्रमितको संख्या दिनहुँ धेरै हुन थालेपछि नेपालमा अवस्था जटिल बन्दै गएको छ । कतिपय स्थानमा क्वारेन्टाईन उपयुक्त नभएका स्वास्थ्य उपचारमा पनि कमजोरी भएको गुनासो बढेको छ ।
नेपालमा कोरोना संक्रमित तीन जनाको मृत्यु भैसकेको छ ।
Recent Comments