सेयर
काठमाडौँ ।
विभिन्न २१ राजनीतिक संगठनले कोभिड – १९ को उपचार निःशुल्क गर्न माग गर्दै आज प्रदर्शन गरेका छन् । काठमाडौँमा भएको प्रर्दशनमा सरकारले उपचार निःशुल्क गर्न नसके राजीनामा दिन माग गरिएको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहित विभिन्न २१ वामपन्थी दलले सरकारका विरुद्ध मोर्चाबन्दी गरेर अभियान चलाइरहेका छन् ।
२१ दलीय संगठनले जनपक्षीय सरकार र जनपक्षीय गणतन्त्रका लागि संयुक्त जनआन्दोलनको तयारी गरिरहेको नेकपा (बोल्शेभिक) पार्टीले जनाएको छ ।
सरकार कोरोनाको उपचारबाट पन्छिएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।
shere this