प्रधानमन्त्री केपी शर्मा ओलीले मार्ग प्रशस्त गर्ने भन्दै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न माग गरेसँगै नेपाली राजनीतिमा बिहिबार रोचक दृष्य देखिएको छ ।
सरकार सञ्चालनका लागि विश्वासको मत लिन सक्ने अवस्था नरहेकाले मार्ग प्रशस्त गरेको बताएका प्रधान केपी शर्मा ओली पुनः प्रधानमन्त्रीका लागि दाबीसहित १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष गएका छन् । यस्तै ओलीले मार्गप्रशस्त गरेर राष्ट्रपतिले नयाँ सरकारका लागि आह्वान गरेपछि काँग्रेस सभापति शेरबहादुर देउवा १४९ सांसदको हस्ताक्षरसहित शितलनिवास गएका छन् ।
दुवैतर्फका गरेर ३०२ सांसद पुग्छन् । तर नेपालको सांसद संख्या २७५ हो । जसमध्ये विभिन्न कारणले हाल २७१ सांसद छन् । राष्ट्रपतिले दुवै तर्फको दाबी परेकाले केही बेर परामर्श गर्ने जवाफ दिएकी छन् ।
माधव -खनालनिकट २७ सहित सिङ्गै एमालेको १२१ र जसपाको पनि भएभरका बत्तिसै साँसदको समर्थन आफूसङ्ग रहेको काउण्टर दावी प्रधानमन्त्री केपी ओलीले रास्ट्रपतिसामु पेश गरेका छन् । उता शेरबहादुरसँग पनि १४९ सांसदको हस्ताक्षर छ । यसरी सांसदको हस्ताक्षर किर्ते भएको सहजै अनुमान गर्न सकिन्छ ।
यसअघि आजै पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफूसँग बहुमत पनि नभएको र विश्वासको मत लिन पनि नसक्ने बताएका थिए ।
उनले सके आफूविरुद्ध सरकार गठन गर्न नसके आफूलाई समर्थन गर्न आग्रह गरेका थिए । उनले संविधानको धारा ७६ को ५ अनुसार आफूले पनि प्रधानमन्त्रीको दाबी गर्न सक्ने बताएका थिए ।
प्रधानमन्त्री ओलीले विश्वासको मत नदिए प्रतिनिधिसभा विघटन हुन सक्ने र त्यसको जिम्मेवार आफू नहुने समेत भनेका थिए ।
यसैबिच पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि गरिएको प्रस्ताव टार्न खोजे प्रतिवाद गर्ने चेतावनी दिएका छन् । ‘धारा ७६ (२) बमोजिम१४९ सांसदले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रम नियुक्ति निम्ति गरेको प्रस्तावलाई कुनै किन्तुपरन्तु /जालझेल गरी टार्ने ठाउॅ छैन । उनले भनेका छन् ।
Recent Comments