सेयर
नेपाल कम्युनिस्ट पार्टीले एमसीसी परियोजना अन्तर्गत निर्माण भएको एमसीए काे कार्यालय हटाउन चेतावनी दिएको छ । पाल्पाको रामपुरमा रहेको शाखामा पुगेर नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्ति माेर्चा,नेपालका केन्द्रीय महासचिव यनार्जन र पाल्पा जिल्ला सचिवालय सदस्य लगायतले कार्यालयका शाखा प्रमुख संगिता नेपाललाई तुरुन्तै यहाँबाट कार्यालय हटाउन चेतावनी दिएका हुन् । चेतावनी सहितको पत्र बुझाउँदै नेकपाले एमसीसी परियोजना विवादास्पद रहेको र नेपाली जनताले नस्विकारिसकेकाे अवस्थामा प्रपञ्च रचेर अगाडि बढ्न खाेजिएकाे बताएको छ ।
देश र जनताको हितमा नरहेको र विवादित रहेको अवस्थामा कार्यालय खाेलिनु राष्ट्रियता विपरीत भएकोसमेत नेताहरूले बताए । विवादास्पद अवस्थामा कार्यालय खाेलिनु, रहनु र अटेरी गरिनुमा नेपाल कम्युनिस्ट पार्टीको गम्भीर आपत्ति रहेको भन्दै सो कार्यालय तुरुन्तै हटाएर उक्त कार्यमा संलग्न नेपाली कर्मचारीलाई समेत राष्ट्रका पक्षमा लाग्न अपिल गरिएको छ। नेकपाले आफ्नो अनुरोधलाई अटेरी गरे गम्भीर परिणाम निस्कने चेतावनी समेत दिएको छ ।
shere this