सेयर
काठमाडौं ।
काठमाडौंको टेकु अस्पतालमा उपचाररत थप एकजनामा कोरोना भाइरसको संक्रमण भएको पाईएको छ । अस्पताल प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार उपचाररत बिरामीमध्ये एकजनाको रिपोर्ट आज पोजेटिभ आएको हो । उनको अस्पतालमै उपचार जारी छ ।
आज नयाँ संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । एकजना पुर्ण रुपमा निको भैसकेका छन् भने दुई जनाको उपचार भैरहेको छ ।
अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।
shere this