सेयर
काठमाडौं ।
सर्वोच्च अदालतले कोरोनाको महामारी फैलिएका देशबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउन सरकारका नाममा आदेश जारी गरेको छ ।
कोरोना भाइरसको महामारी फैलिएका देशबाट आफ्ना नागरिकलाई तत्काल फिर्ता ल्याउने आवश्यक व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
आज न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले कोरोना भाइरसको महामारी फैलिएसँगै विदेशी मुलुकहरुले पनि आफ्ना नागरिक फिर्ता ल्याइरहेको सन्दर्भमा नेपालीलाईँ पनि स्वदेश फर्काउन आदेश दिएको हो ।
सर्वोच्चले विदेशमा श्रम गरिरहेका नेपालीलाई फर्काउन दबाबसमेत आएको सन्दर्भमा उचित व्यवस्थापन गरी फिर्ता ल्याउन भनेको छ ।
shere this