संसारभरिका कम्युनिष्टहरुले अत्यन्तै आदरका साथ सम्मान गर्ने दिवंगत चिनियाँ कम्युनिष्ट नेता हुन् माओत्सेतुङ । खासगरि चिनमा साँस्कृतिक क्रान्तिका माध्यमबाट परिवर्तनको विगुल फुकेका नेता थिए माओत्सेतुङ । ‘अर्काको सियो पनि नउठाउ’ भन्ने माओको चर्चित भनाई त विश्वभरिका कम्युनिष्ट नेता कार्यकर्ताहरुको मुखमा झुण्डिएकै पाइन्छ ।
तिनै महान नेता माओले कम्युनिष्ट नेता कार्यकर्ताहरुलाई पार्टी सञ्चालन पद्धतिका बारेमा केही महत्वपूर्ण विधि बताउनुभएको थियो । पार्टी संगठन निर्माण गर्दा होस वा सञ्चालनका क्रममा होस नेतृत्वकर्ता तथा कार्यकर्ता निकै समझदार र निर्णायक बन्नुपर्नेमा उहाँले जोड दिनुभएको देखिन्छ ।
१. समझदार बन, निर्णायक बन
२. केही सम्भावना देख
३. छालको गति सरह अघि बढ
४. बढीभन्दा बढी प्रभावको लागि प्रयास गर
५. स्थितिको निरीक्षण गर्न कुशल बन
६. ठीक समयमा निर्णय गर
७. विचारलाई व्यक्त हुन देऊ
८. गतिरोधलाई तोड
९. अल्पमत होस् तर सत्य नछोड
१०. समस्याहरूलाई ऐतिहासिक दृष्टिकोणबाट हेर
११. बुझ्न सकिने शैलीमा जोड देऊ र स्पष्ट धारणा अपनाऊ
१२. जिम्मेवार बन
१३. गलत चिन्तनबाट मुक्त होऊ
१४. आलोचना तथा आत्मालोचना लागू गर
१५. सामूहिक नेतृत्व कायम गर
१६. विभिन्न विभागहरूका बीचमा सम्बन्ध बनाऊ




















































