सेयर
सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको मन्त्रालयका उपसचिव शोभाखर रेग्मीले जारी गरेको सूचनामा उल्लेख छ ।
सरकारकाे निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिइने छ ।
गण्डकी प्रदेश सरकारले भने यसअघि नै प्रदेशमा बिदा दिने निर्णय गरिसकेको छ । यसअघि नेपाल सरकारले यो वर्षको सार्वजनिक बिदासूची सार्वजनिक गरेको बखत सम्बन्धित धर्मावलम्वीहरुलाई बिदा दिने निर्णय गरेको थियो ।
shere this