सेयर
काठमाडौं ।
बामपन्थी राजनीतिज्ञ प्रदिप नेपालले अहिलेको सरकार दलाल पुँजीपतिको भएको बताएका छन् । राजनैतीक विश्लेषक श्याम श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा राखेको विचारमाथी प्रतिक्रिया दिदैँ राजनीतिज्ञ नेपालले यो सरकार दलाल पुँजीपति वर्गको भएको बताएका हुन् । अहिलेको सरकार समाजवादी भन्न नमिल्ने उनको तर्क छ ।
सरकारले ल्याएको नयाँ शैक्षीक योजनामा व्यङ्ग्यात्मक रुपमा श्रेष्ठले लेखेका छन्, ‘डबल नेकपाको गौरवशाली समाजवादी सरकारले सामुदायीक स्कुल व्यवस्थापकीय सुधारका लागि नीजि नाफामुखी विद्यालयलाई जिम्मा दिने योजना नयाँ बजेटमा ल्याएको छ । वाह ! दुनियाँमा कहीँ अभ्यास नभएको क्या मौलिक समाजवादी विचार !’
shere this