सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा निरन्तर खसिरहेको पहिरोले २१ घर पुरेको छ । वडाध्यक्ष प्रताप लामाका अनुसार पहिरोले पुरेका ५ जनाको उद्धार गरिएको छ । खोजी र उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर माग गरिएको छ । घटनास्थलमा सेना र प्रहरी नपुगेपनि स्थानीयले उद्धारको प्रयास गरिरहेका छन् । स्थानीयले नै पाँच जनाको उद्धार गरेका हुन् ।
प्रहरी हिँडेर घटनास्थलतर्फ जाँदै छ । सभामुख अग्नि सापकोटा, नेकपा केन्द्रीय सदस्य माधव सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिङ तामाङ, नेकपा नेता सरल सहयात्री, जिल्ला समन्वय प्रमुख कृष्ण गोपाल तामाङ, जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ, सहितको टोलि हेलिकप्टर मार्फत जुगल को लिदि जाँदैछ ।
जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले पुरिएका घरमध्ये ५ घरका व्यक्तिहरु सम्पर्कविहिन भएको बताए । सम्पर्कविहिन मध्ये १३ जना एकिन भएको छ । १५ जना घाइतेहरु लप्सेचौरमा निस्केका छन् । पहिरोबाट थप ३० घर प्रभावित भएका छन् । पहिरो माथिबाट पनि झरिरहेको र तरबाट पनि बगिरहेकोले उद्धारमा कठिनाइ भइरहेको छ । उद्धारका लागि प्राविधिक टीम सहित हेलिकोप्टर त्यसतर्फ जाँदैछ । लिदीमा १ सय ७२ घर पहिरोको उच्च जोखिममा थिए।
Recent Comments