छिमेक २ साउन ।
चिनियाँ कम्युनिस्ट पार्टीको २०औं केन्द्रीय समितिको थर्ड प्लेनरी सेसन सोमबारबाट बेइजिङमा सुरु भएको छ । थर्ड प्लेनमसमेत भनिने यसखालको बैठक हरेक पाँच वर्षमा हुने गरेको छ । यो बैठकले विश्वकै दोस्रो ठूलो अर्थतन्त्रको रुपमा रहेको चीनलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने बारेमा निर्णय लिनेछ । जसमा चीनको समग्र आर्थिक र सामाजिक विकासका विषयहरु पर्ने जनाइएको छ ।
सिन्ह्वा न्यूज एजेन्सीका अनुसार पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले बैठकमा पोलिटब्युरोका तर्फबाट वर्क रिपोर्ट प्रस्तुत गरेका छन् । जसमा चिनिया कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले व्याख्या सहित गरेको मस्यौदा निर्णय समेत छन् । त्यसलाई विस्तृत रुपमा सुधार र चीनलाई आधुनिकीकरण तर्फ लग्ने योजना रहेको जनाइएको छ ।
थर्ड प्लेनम आउँदो बिहीबारसम्म चल्ने छ । चीनले सन १९७८ देखि सुधारको कार्य अघि बढाएको हो । यसपालिको प्लेनमले यसलाई अझ गहिराईमा लग्ने अपेक्षा गरिएको जनाइएको छ । बैठकमा चीनले अहिले भोग्नुपरिरहेका चुनौतीको बारेमा पनि छलफल र विश्लेषण गरिने जनाइएको ग्लोबल टाइम्सले जनाएको छ ।
बैठकमा विज्ञहरुले चिनियाँ आधुनिकीकरणलाई पछ्याउँदै चीनको सुधार र खुलापन नीतिले विश्वका धेरै विकासोन्मुख देशहरूका लागि पनि उत्कृष्ट उदाहरण प्रस्तुत गर्ने विश्वास व्यक्त गरेका छन् । "विश्वले गहिरो परिवर्तनहरू अनुभव गरिरहेको बेला, अन्तर्राष्ट्रिय समुदायले स्पष्ट रूपमा देख्न सक्छ कि कुन प्रमुख शक्तिले स्थिरता र स्थिरता प्रदान गर्न सक्छ, कुन अप्रत्याशित छ र जोखिमले भरिएको छ," चाइना फरेन अफेयर्स युनिभर्सिटीका प्राध्यापक ली हाइडोङले भने।