भानुभक्त आचार्य
‘कहाँ जाँदै हुनुहुन्छ ?’ घरबाट निस्कँदै गर्दा श्रीमतीले सोधिन् ।
‘काम छ ।’ सङ्क्षिप्त उत्तर दिएँ, र निस्किएँ ।
‘माहोल यस्तो छ, घरमै बस्नु नि’ उनी गनगन गर्दै थिइन् । म भने चुपचाप नसुनेझैँ गरी हिँडे । कोरोना सङ्क्रमण तीव्र गतिमा बढीरहेको थियो । लकडाउन उच्च बिन्दुमा । भारतबाट आउनेहरू लुकीछिपी नेपाल आइ नै रहेका थिए । यस्तो जटिल अवस्थामा पनि घरमै लुकेर बस्न पेसाले कहाँ दिन्थ्यो र ? त्यसैले त श्रीमतीलाई ढाँटेर कयौँपल्ट सङ्क्रमितको अवस्था बुझ्न पुगेँ, उनीहरूको घरसम्म ।
‘आज फेरि कहाँ हो ?’ सधैँ श्रीमतीले सोध्थिन् त्यो दिन आमा कराउनुभयो । उनले आमालाई भनेकी हुन् सायद, आमाले भनेपछि रोकिन्छु भनेर होला ।
‘बुहारी दुई जिउकी छे । तँलाई लखर–लखर नहिँड् भन्छु, मान्ने होइन ।’ आमा चर्किनुभयो । परिवारको लागि परिवार प्यारो, मेरा लागि जिम्मेवारी र परिवार दुवै उस्तै । सम्झाउने प्रयास गरेँ । तर खेर गयो । यस्तोबेला कि कर्म छोड्नु पर्ने, कि परिवार । मन दोधारे भयो ।
त्यो दिनसम्म कैलालीमा सङ्क्रमितको सङ्ख्या तीन अङ्कमा पुगिसकेको थियो । मैले आमालाई सम्झाउन सकिनँ । केहिबेर रोकिएँ, अनि आँखा छलेर निस्किएँ । वैशाख २९ गते कसैलाई नभनी भजनी पुगेँ ।दमसँग अन्य पत्रकार मित्र पनि थिए । पर्याप्त सुरक्षाका साधन थिएनन् ।दथियो त त्रासमात्रै ।
रिपोर्टिङ्गमा भएका कारण घर पुगेर पहिलो सन्तानलाई धित मरुन्जेल अँगालोमा बेर्न पनि पाएको छैन । तर जिम्मेवारीबाट भागेको छैन ।
मास्क र ग्लोभ लगाएर सीमा नाकामा पुग्यौँ । सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरूको अवस्था र नेपाल–भारत सीमा नाकाका गाउँमा कोरोना त्रासबारे रिपोर्टिङ्ग गर्दैगर्दा थाहा भयो– त्यही दिन भजनी बजारमै एक बालिकालाई पनि सङ्क्रमण पुष्टि भएछ । एक जना सङ्क्रमित भेटिँदा पुरै जिल्ला नै त्रसित हुनुपर्ने अवस्था थियो । मिडियामा पनि एक जना भेटिएपछि ब्रेकिङ जान्थ्यो । वैशाख १३ गतेदेखि ४ दिन आफन्तको घरमा बसेकी बालिकामा सङ्क्रमण पुष्टि हुँदा भजनी बजार चकमन्न थियो । हामी बालिका ४ दिन बसेको घरमा पुग्यौँ । आफन्त फिनाइल हालेर घर सफा गर्दै थिए । केही दूरी कायम गरेर रिपोर्टिङ्ग गर्यौँ । अनि फर्कियौँ ।
घर पुगेपछि सबै लुगा आफैं धोएँ । मेरो छनक देखेर आमा, बुवालाई पीर भो तर, म भने गज्जबको रिपोर्टिङ्ग्ग गरेँ भनेर सोच्दै दङ्ग ।
एकदिन काठमाडौंबाट फोन आयो ।
‘कहाँ हुनुहुन्छ ?’
‘घरमा ।’
‘घरमा बसेर हुन्छ ? रिपोर्टिङ्ग गर्नुपर्दैन ?’ उताबाट खरो आवाज सुनियो ।
केहीदिन घरमै बसेर सुरक्षित ढङ्गले रिपोर्टिङ्ग गर्ने योजना थियो । श्रीमती गर्भवती भएका कारण पनि सावधानी अपनाउन आवश्यक देखेको थिएँ । घरमै बसेर सुरक्षित ढङ्गले रिपोर्टिङ्ग गर्दैगर्दा फेरि सीमा क्षेत्रमा खट्न निर्देशन
आएपछि ‘हुन्छ’ भनेँ । तर, परिवारलाई त्यो स्विकार्य भएन ।
‘कहीँ जानु पर्दैन । यो पेसा नगरे पनि हुन्छ’ बुवा बोल्नुभयो । विगतमा उहाँले पत्रकारिता छोड् कहिल्यै भन्नुभएन । सधैँ प्रश्रय मात्रै दिइरहनुभयो । वर्षौँपहिले महिनौँसम्म पारिश्रमिक नपाउँदा पनि महिनामा पुग्ने खर्च आफन्तको हातमा पठाइदिएको झल्को आयो ।
४ चैतमा दुबईबाट आएका युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि धेरैको ध्यान सुदूरपश्चिमतिर तानिएको थियो । किनकि काठमाडौँ उपत्यकाबाहिर पहिलोपटक कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । २२ चैतमा दुबईबाट आएका युवकको परिवारको सदस्यमा पनि कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपाल कोरोना सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गर्यो ।
त्यसदिन सुदूरपश्चिमका अरू तीन पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भइसकेको थियो । त्यो बेला धेरैले अनुमान गरेका थिए, नेपालको कोरोना सङ्क्रमणको हटस्पट सुदूरपश्चिम नै बन्ने छ । लकडाउन भइसक्दा पनि भारतबाट लुकिछिपी नेपाल प्रवेश गरीरहेको तथ्याङ्कले त्यसमा आशङ्का गर्ने ठाउँ पनि थियो । त्यति बेलासम्म नेपालमा देखिएका ९ जना कोरोना सङ्क्रमितमध्ये ४ जना सुदूरपश्चिमकै थिए । सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशमा उच्च जोखिम रहेको भन्दै र्यापिड टेस्ट गराउने निर्णय गर्यो । धनगढीमा कोरोना परीक्षण गर्ने प्रयोगशाला स्थापना भयो । ३३ जना विशेषज्ञ चिकित्सक कोरोना सङ्क्रमितको उपचारकै लागि खटिए । तर, ती ३३ जना आए र गए मात्र । विमान बुक गरेर आएका उनीहरूको खासै अर्थ भएन । ‘त्यो खर्च त पिसिआर मेसिन खरिद गर्न प्रयोग गर्नुपर्ने थियो’ एक स्वास्थ्यकर्मीले सुनाए ।
चैत २३ गते सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीसँग कुरा गरेँ । उहाँले ‘सुदूरपश्चिम उच्च जोखिममा छ, राष्ट्रिय सङ्कट आउनसक्छ’ भन्नुभयो । त्यसपछि मनमा थप ढ्याङ्ग्रो ठोकियो । नेपाल–भारत सीमा क्षेत्रमा हजारौँ नेपालीको घुइँचो हुन्थ्यो । कोरोना त्रास बढ्दै थियो । भारतबाट आउनेहरूबाट थप जोखिम थियो । तर मेरो खबर कर्म डग्मगाएन ।
८ जेठमा कैलालीको गौरीफन्टा नाकाबाट २४ सय ९८ जनाको उद्धार भयो । १४ जेठसम्म त्यही भीडमा रहेका ६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भयो । आफूसँगै भीडमा रहेका व्यक्तिहरूलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि मनमा चिसो पस्यो । तर, घरमा त्रास हुन्छ भनेर कसैलाई भनिनँ ।
काठमाडौँबाट एक मित्रले फोन गर्नुयो । ‘तपाइँ हिजो पनि सीमामा जानुभएको हो ?’ मैले ‘हो’ भनेँ । ‘आफ्नो चिन्ता नभए पनि परिवारको चिन्ता गर्नुहोस् । तपाइँको कारणले परिवार जोखिममा पर्नसक्छ ।’ एकातिर काम, अर्कोतिर घरको अवस्था । कोरोनाको त्रासकै बीच असार १ गते छोरो जन्मियो । खुसीसँगै चिन्ता र त्रास बढ्यो । सङ्क्रमणको जोखिम र सीमाक्षेत्रमा रिपोर्टिङ्गमा भएका कारण घर पुगेर पहिलो सन्तानलाई धित मरुन्जेल अँगालोमा बेर्न पनि पाएको छैन । तर जिम्मेवारीबाट भागेको छैन । घरभन्दा करिब ६० किलोमिटर पर छु । ३ किलोमिटर पर नेपाल–भारत सीमा छ । पटक–पटक रिपोर्टिङ्ग भन्दै त्यहीँ पुग्नुपर्छ । एकातर्फ मनमा डर, अर्कोतर्फ जिम्मेवारी । हरेकपटक रिपोर्टिङ्गमा हिँड्नुपूर्व घर र भर्खरै जन्मेको बच्चा सम्झन्छु । सामान्य लापरबाहीले पनि असामान्य परिणाम आउँछ कि भन्ने चिन्ताले महिना दिनसम्म पनि घर जान सकेको छैन ।
मेरो कर्ममा कोरोनाले असर गरेन तर कर्मक्षेत्रमा ठूलो प्रभाव पार्यो । जिल्लामा विज्ञापन बजार साँघुरो बन्दै गएको भन्दै केही मिडिया बन्द भए । रोग र भोक नभनी रातदिन काम गरेकाहरूले पारिश्रमिक बुझ्दा मन खिन्न हुने अवस्था आयो । कतिले त मन मारेर पनि चित्त बुझ्ने पैसासमेत पाएनन् । मालिकलाई पैसा दिँदा पुख्र्यौली अंश नै दिन लागेको जस्तो हुन थाल्यो । म कार्यरत संस्थाले अब अघि बढ्न नसकिने आशय दियो । मैले ‘समाचारको नेतृत्व लिएको छु, म बेतलबी बस्छु, साथीहरूलाई व्यवस्थापन गर्नुहोस्’ भनेँ । यति भनेपछि केही साथीहरूको समस्या ट¥यो । स्थानीय सञ्चारमाध्यममा बेतलबी बिदा बसेपनि राष्ट्रिय मिडियामा भएको हुँदा फुर्सदिलो भने भइनँ ।
अधिकांश पत्रकार पीडित थिए । ‘अरू बेलाभन्दा बढी जिम्मेवारी थियो’ पत्रकार भुवन भट्टले सुनाए, ‘प्रत्येक दिन सीमा क्षेत्रमा पुग्थ्यौँ । फर्किंदा समाचारसँगै त्रास पनि लिएर आएका हुन्थ्यौँ ।’ घरमा जाँदा जोखिम बढी हुने डरले उनले पनि परिवारभन्दा बाहिर बसेर काम गरे । हरेक दिन आउने कोरोना सङ्क्रमितको समाचारले पत्रकारको मनमा पनि भुइँचालो गएको हुन्थ्यो । केही पत्रकारले मौका पाएको बेला पिसिआर परीक्षण गर्थे । पत्रकारको पिसिआर परीक्षणमा पनि विभेद भएको चर्चा सुनियो । ‘दाइ, मेरो त पिसिआर पनि परीक्षण भएन’ एक पत्रकारले सुनाए । ‘पहुँच नभएर त होला’ उनले मन अमिलो पारे । कोरोना सङ्क्रमणको अवस्था भयावह हुँदा फिल्ड रिपोर्टिङ्गमा रहेकाहरूलाई स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको थियो । त्यसमा कोही दोहोरिए, कोही पर्दै परेनन् ।
जोखिम मोलेर पत्रकारिता गर्नेहरूलाई त्यो बेला सञ्चारमाध्यमहरूले थप सेवा सुविधा दिनुपर्ने हो । तर, कयौँ पत्रकार कामबाट निकालिए, जिम्मेवारीबाट हटाइए । कतिलाई केही दिनपछि आउनुहोला भन्दै घर बस्न बाध्य पारियो । काठमाडौँका ठूला मिडियाबाट निकालिएकाहरूको ठूलै समाचार बन्यो । तर, यहाँबाट निकालिएकाहरूको कसैले पीडासमेत बुझेनन् । ‘अफिस नगएको २ महिना भइसक्यो । अब आउनुहोस् पनि भन्दैनन्, नआऊ पनि भन्दैनन्’ एक जना बहिनीले फोनमा भनिन् ‘दाइ, कतै मलाईं पनि निकालेका त होइनन् ?’ यो अवधिमा सुदूरपश्चिम प्रदेशमा थुप्रै पत्रकारको रोजीरोटी खोसियो । तर अवस्था भयावह हुँदा फिल्ड रिपोर्टिङ्गमा रहेकाहरूलाई स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको थियो । त्यसमा कोही दोहोरिए, कोही पर्दै परेनन् ।
अवस्था भयावह हुँदा फिल्ड रिपोर्टिङ्गमा रहेकाहरूलाई स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको थियो । त्यसमा कोही दोहोरिए, कोही पर्दै परेनन् ।
राजधानीमा रहेका पत्रकारको रोजीरोटी खोसिँदाजस्तो यहाँका पत्रकारको पीडामा कसैले आवाज निकालेनन् । एकपटक नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले ०७७ जेठ ८ गतेदेखि १४ गतेसम्म सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाको स्थलगत अनुगमन गर्यो । टोलीले पत्रकार कोरोना महामारीका बेला पीडित बनेको ठहर गर्यो । ‘सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामा सञ्चालित एफएम रेडियोको सङ्ख्या ७५ वटा छ । दैनिक पत्रिकाको सङ्ख्या ४६, साप्ताहिक पत्रिकाको सङ्ख्या ४५, स्थानीय टेलिभिजनको सङ्ख्या २ रहेको छ । नियमित प्रकाशन हुँदै आएका प्रायः सबैजसो दैनिक र साप्ताहिक पत्रिकाहरू लकडाउन सुरु भएदेखि नै बन्द छन् । कैलाली र कञ्चनपुरमा मात्रै केही सीमित पत्रिका प्रकाशन भइरहेका छन् । नियमित प्रकाशन भइरहेका पत्रिकालेसमेत निकै समस्या र चुनौतीको सामना गर्नुपरेको छ । बजार बन्द छ, स्वास्थ्य असुरक्षा उस्तै छ । विज्ञापन शून्य छ’ अनुगमन प्रतिवेदनमा भनिएको छ ।
महासङ्घको नजरमा ९ जिल्लाको अवस्था
डोटी
दैनिक र साप्ताहिक पत्रपत्रिकाहरू बन्द छन् । तलब खुवाउने अवस्था छैन । एक महिना थप लकडाउन भयो भने रेडियोसमेत बन्द हुने खतरा छ । राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत स्ट्रिञ्जर पत्रकारलाई मिडिया हाउसले घुमाउरो पारामा काम नगर्न भनेको छ ।
बाजुरा
पत्रपत्रिका बन्द छन् । रेडियो एफएम सञ्चालनमा छन् । पारिश्रमिक नियमित नपाएको अवस्था छ । रेडियोकर्मीले लामो समयदेखि तलब पाएका छैनन् ।
अछाम
दैनिक र साप्ताहिक पत्रपत्रिकाहरू बन्द छन् । रेडियो एफएम सञ्चालनमा छन् । व्यावसायिक विज्ञापन कम छ । तलब खुवाउने स्थिति छैन । समाचार बुलेटिन घटाइएको छ ।
डडेल्धुरा
दैनिक र साप्ताहिक पत्रपत्रिका बन्द छन् । रेडियो एफ.एम. सञ्चालनमा छन् । व्यावसायिक विज्ञापन घटेको छ । एफएमको आर्थिक अवस्था कमजोर भएको छ ।
बझाङ
पत्रपत्रिकाहरू बन्द छन् । अफसेट छैन । धनगढीबाट छाप्नुपर्ने हुनाले पत्रिका बन्द गर्नु परेको हो ।
दार्चुला
दैनिक र साप्ताहिक पत्रपत्रिकाहरू बन्द छन् । रेडियो एफएम सञ्चालनमा छन् । व्यावसायिक विज्ञापन घटेको छ । एफएमको आर्थिक अवस्था कमजोर भएको छ ।
बैतडी
पत्रपत्रिका बन्द छन् । रेडियो, एफएम सञ्चालनमा छन् । व्यावसायिक विज्ञापन घटेको छ । एफएमको आर्थिक अवस्था कमजोर छ ।
कञ्चनपुर
अधिकांश पत्रपत्रिका बन्द छन् । प्रकाशित भएका केही पत्रपत्रिकासमेत पूर्ववत रूपमा वितरण हुन सकेका छैनन् । रेडियो, एफएम नियमित सञ्चालनमा छन् । व्यावसायिक विज्ञापन घटेको छ । एफएमको आर्थिक अवस्था कमजोर भएको छ । ऋण सापट गरेर रेडियोकर्मीलाई तलब खुवाउनु परेको छ ।
कैलाली
अधिकांश पत्रपत्रिका बन्द छन् । रेडियो एफएम नियमित सञ्चालनमा छन् । व्यावसायिक विज्ञापन घटेको छ । एफएमको आर्थिक अवस्था कमजोर भएको छ । महासङ्घले स्थानीय पत्रपत्रिका र रेडियोको मात्रै अध्ययन गरेन, राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मीको अवस्थाबारे पनि बुझेको थियो । महासङ्घको प्रतिवेदनमा भनिएको छ ‘सबै जिल्लामा हरेक राष्ट्रिय मिडियाका प्रतिनिधि छन् । तीमध्ये अधिकांश स्ट्रिन्जर (समाचार प्रकाशन÷प्रसारण भए मात्रै पैसा पाउने) छन् । उनीहरूलाई मिडिया हाउसले घुमाउरो पारामा काम नगर्न भनेको छ । कोरोनाका कारण सुरक्षित भएर घरमा बस्न भनिएको छ । टेलिभिजनले भने आफ्ना प्रतिनिधिहरूलाई अहिले पनि काममा लगाइरहेको छ । तर उनीहरूको स्वास्थ्य अवस्था र पारिश्रमिकका बारेमा टेलिभिजन पक्ष बोलेको छैन । टेलिभिजनमा काम गर्ने सञ्चारकर्मीहरूले व्यक्तिगत जोखिम मोलेर काम गर्दै आएका छन् । हरेक व्यक्तिको सम्पर्कमा जानुपर्ने भएका कारण रेडियो तथा टेलिभिजनकर्मीहरू कोरोनाको उच्च जोखिममा छन् ।’
लकडाउन खुकुलो हुँदै गर्दा काम भने कमिलो बन्दै गइरहेको थियो । अहिले पनि सुदूरपश्चिम प्रदेशमा प्रत्येक दिन सङ्क्रमित भेटिएकै छन् । सङ्क्रमणको दर खरायो गतिमा छ । तर, परीक्षण भने कछुवा गतिमा । ‘अहिले सङ्क्रमित घटेका होइनन्, परीक्षण कम भएको हो’ सेती प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डा. नीराजन दत्त शर्माले भने ‘ठूलो मात्रामा परीक्षण नहुँदासम्म यहाँको वास्तविक अवस्था बुझ्न कठिन छ ।’
(नोटः कैलालीका पत्रकार आचार्यको यो लेख प्रेस काउन्सिल नेपालको त्रैमासिक प्रकाशन संहिताको अशोज अङ्कमा प्रकाशित छ ।)
Recent Comments