काठमाडौं ।
सरकारले तीन सय वेडको आइसोलेसन कक्ष तयार गर्ने प्रस्ताव अगाडी बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अर्थात कोभिड १९ को संक्रमण फैलिन नदिन पुर्व सुरक्षाको तयारीस्वरुप तीन फरक फरक स्थान सय/सय वेडको आइसोलेसन कक्ष तयार गर्ने प्रस्ताव अघि सारेको हो ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, खरिपाटी स्थीत विद्युत प्रधिकरण तालिम केन्द्र र किर्तिपुर स्थित आयुर्वेदिक तालिम केन्द्रका भवनलाइ आइसोलेसन कक्षका रुपमा तयारी गर्ने प्रकृया अगाडी बढेको मन्त्रालयका सचिव यादव कोइरालाले जानकारी दिए ।
तीनै ठाउको विषयमा विस्तृत अध्ययन भइ प्रथमिकता आधारमा आइसोलेसन वाडलाइ प्रयोगमा ल्याइने मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोख्रेलले बताए । आइसोलेसनमा आवश्यकता अनुसार आइसियु सेवाको पनि व्यवस्था हुनेगरी तयारी थालिएको छ ।
शुक्रराजमा थप आइसियु आवश्यक छ भन्ने यस अघिनै निर्कोल भइसकेको हुदा अहिले थपिने आइसियुले पछिलाइ पनि काम गर्छ ।’ उनले भने ‘नया दुइ ठाउँको लागि वीर अस्पतालमा थप गरीने भनिएका आइसियु सामाग्री तत्काललाइ त्यहाँ प्रयोग गर्न सकिने विषयमा छलफल भइरहेको छ । सरकारले भक्तपुरको खरिपाटीमा रहेको तालिमकेन्द्रलाइ यस अघि नै चीनबाट ल्याइएका नेपाललाइ क्वारेन्टाइनको रुपमा प्रयोग गरीसकेको छ । त्यही क्वारेनटाइनलाइ थप व्यवस्थित गरी आइसोलेन कक्ष तयार गर्न लागिएको हो ।