काठमाडौँ २१ असार ।
एक्सट्रिम टेलिभिजन प्रालिद्वारा सञ्चालित सेभेन स्टार 4k टेलिभिजनको सम्पादकमा पत्रकार लक्ष्मण शर्मा नियुक्त हुनुभएको छ । एक्सट्रिम टेलिभिजन व्यवस्थापनले शर्मालाई असार २० गतेदेखि सम्पादकमा नियुक्ति गरेको हो । एक्सट्रिम टेलिभिजन प्रधान कार्यालय मिनभवनमा आयोजित स्वागत कार्यक्रममा शर्मालाई एक्सट्रिम टेलिभिजनका अध्यक्ष सुरेश काफ्लेले स्वागत गर्नुभयो ।
सम्पादक शमालाई स्वागत गर्दै एक्सट्रिम टेलिभिजनका अध्यक्ष काफ्लेले शर्माको नेतृत्वमा सेभेन स्टार टेलिभिजन थप उचाइमा जाने विश्वास व्यक्त गर्नुभयो । यसअघि ईमेज टेलिभिजनको सम्पादकीय टिममा रहेका नवनियुक्त सम्पादक शर्माले जनता टेलिभिजन, न्यूज24 र योहो टेलिभिजनमा डेस्क सम्पादकको रुपमा काम गर्नुभएको थियो । शर्मासँग उज्यालो रेडियो तथा अनलाइन, रेडियो देशान्तर लगायत सञ्चार गृहको सम्पादकीय टिममा काम गरेको अनुभव छ ।