काठमाडौं ।
औषधी व्यवसायी संघले मुलुकभर औषधी अभाव हुन नदिने जनाएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण मुलुक लकडाउन भएको अवस्थामा जीवन रक्षकसहित अन्य औषधीको अभाव हुन नदिने प्रयास गरेको संघको भनाई छ ।
मुलुकभित्रै औषधी ढुवानीमा केही समस्या देखिएको र त्यसलाई चिदै सातै प्रदेशमा औषधी पु¥याउने प्रयास भइरहेको संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले जानकारी दिए ।
चारदिन अघि भारतबाट ल्याइएका २७ प्रकारका औषधी र नेपालमै उत्पादन भएका औषधी प्रयाप्त मात्रामा भएकाले तत्काल अभाव नरहेको श्रेष्ठले बताए ।
अस्पतालहरुमा अन्य औषधीको तुलनामा लाईफ सेभिङ इन्जेक्सन र स्लाईन पानी केही कम भएकाले यी औषधीको आयात र वितरणलाई पहिलो प्राथमिकतामा राखिएकाले नआत्तिन चिकित्सकहरुलाई उनले आग्रह गरेका छन् । नेपालमा कुल मागको झण्डै ४५ प्रतिशत औषधी नेपालमै उत्पादन हुँदै आएको छ । ५५ प्रतिशत भारत, बंगलादेश लगायतका मुलुकबाट आयात गरिन्छ ।
कोरोना भाइरसको संक्रमणको जोखिमका कारण औषधी उत्पादन, आयात र वितरण कार्य प्रभावित हुँदा कालोबजारी बढेको गुनासो छ ।