सिद्धान्त प्रतिपादन भयो नयाँ
सामन्तवाद, पुँजीवाद आफ्नै पुराना
अडानवादमा सहमत भए
अहंकारवादको नवयुग तय ।
गुटवादलाई सधैँ प्रबर्द्धन प्रश्रय
बाँकी सबका हुर्मत आश्चर्य
जो छ इच्छा गराइ स्विकार
विज्ञ हुँ आफैँ सब हौ बेकार ।
मुठ्ठीभरलाइ को खाइ को खाइ
बाँकीलाई खिज्याइ हेपाइ हकराइ
जय होस् प्रभो जो मर्जी बक्सियोस्
आखाँ घुमाउँदा बिरोधी तर्सियोस् ।
एजेण्डामाथी बैठक बोलाई
प्रमाणीकरणको सन्देश सुनाई
अरिंगालतर्फ औँला देखाई
बुझ के हो भ्याकुर खेदाइ ।
घर जलाउने विधान बनाई
प्रतिशतमा खरानीको मोलाई
आफैँ मुखिया आफैँ मुख्तियार
बिरोधीहरु भई जाउ होसियार ।
सुण्ड मुण्ड बहकाई झुण्ड
तयार देखाइ तातो कुण्ड
समर्थन गरे तिमिलाई छुन्नौ
म नभए कोहि पनि हुन्नौ ।
shere this