सेयर
ग्लोबल आइएमइ बैँकको देशव्यापी वित्तिय साक्षरता तथा डिजिटल बैँकिङसम्बन्धी कार्यक्रम अन्तर्गत मनमैजु शाखाले साक्षरता कार्यक्रम गरेको छ । काठमाडौँको मनमैजु लोकतान्त्रिक पार्टी प्यालेसमा भएको कार्यक्रममा बैँकका लक्ष्य र वित्तिय साक्षरताको बारेमा रेमिट्यान्स प्रमुख स्वेच्छा राणाले जानकारी गराउनुभएको थियो ।

यस्तै डिजिटल बैँकिङको बारेमा सौरभ रिसालले जानकारी गराउनुभएको थियो । शाखाका प्रबन्धक देवेन्द्र प्रसाद रिजालले सहजीकरण गरेको कार्यक्रममा ग्राहक र बैँक पक्षबिच दोहोरो अन्तरक्रिया भएको थियो । कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं. १० का वडाध्यक्ष अमृत थापा, मनमैजु समाज बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष लवकुमार बस्नेत, प्राध्यापक श्यामकृष्ण विष्ट लगायत करिब २५० जना ग्राहकको सहभागिता रहेको थियो ।
shere this









































