सेयर
एमालेबाट विद्रोह गरी गठन भएको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आज केन्द्रीय सदस्यहरुको सनाखत भएपछि आयोगले दल दर्ताको प्रमाणपत्र दिएको हो ।
माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा १ सय ६६ औँ नम्बरमा दर्ता भएको हो ।
प्रमाणपत्रमा पार्टीको केन्द्रीय कार्यालय नयाँ वानेश्वर काठमाडौँ राखिएको छ । दलको पुरा नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रहेको छ ।
shere this