अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले गैर कानुनी ढंगले गिरफ्तार गरिएका चित्रकार , पत्र पत्रिका डिजाइनर एवं साँस्कृतिककर्मि अग्निराज पौडेल “अराप ” लाई बिनासर्त रिहा गर्न माग गरेको छ। केन्द्रका नेपाल अध्यक्ष हस्तबहादुर केसीले विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्।
केसीले जारी गरेको बिज्ञप्ति
“विप्लव नेतृत्वको साँस्कृतिक मोर्चाका केन्द्रीय सदस्य तथा नेपाल – कोरिया लेखक / पत्रकार मञ्चका महासचिव समेत रहेका चित्रकार तथा पत्रकार डिजाइनर अग्निराजपौडेल ‘आराप’ लाई फरक विचार लिइएकै आधारमा ओली नेतृत्वको दलालले आफ्नै काम गर्ने ठाउँ काठमाडौं स्थित डिल्लीबाट गिरफ्तार गरी डेरामा पुगेर खानतलासी लिने र परिवारजनलाई समेत आतंकित र त्रसित पार्ने फासीवादी हर्कतप्रति हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक त पत्रकार केन्द्र घोरविरोध र भर्त्सना गर्दछ ।
हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र माक्र्सवादी चिन्तन र विचार राख्न पाउने र राजनीतिक संगठनप्रति समर्थन जनाउन पाउने संवैधानिक हक – अधिकार समेतलाई कुल्चेर दलाल सरकारले जसरी लेखक , साहित्यकार , साँस्कृतिककर्मि एवं पेशाकर्मिहरुलाई जसरी गिरफ्तार गर्ने , मानसिक यातना दिने र जुन तानाशाही रवैया प्रदर्शन गरेको छ , यस प्रकारको निन्दनीय तथा फासीवादी दमनलाई तुरुन्त बन्द गरि गैर कानुनी ढंगले गिरफ्तार गरिनु भएका चित्रकार , पत्र पत्रिका डिजाइनर एवं साँस्कृतिककर्मि अग्निराज पौडेल ” अराप ” तुरुन्त विनासर्त रिहा गर्न जोडदार रुपमा माग गर्दछ ।”
पौडेललाई सोमबार प्रहरीले पक्रेको हो ।









































