नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टी प्रतिबन्धित भएको अवस्थामा सहयोग गर्ने अधिवक्ताहरुलाई सम्मान गरेको छ । पार्टीको काठमाडौँ जिल्ला समितिले सरकारले पक्राउ गरेका आफ्ना नेता कार्यकर्ताको रिहाईका लागि बहस गर्ने अधिवक्ताहरुलाई सम्मान गरेको हो ।
राजनीतिक आस्थाकै कारण सरकारले विभिन्न ठाउँबाट नेकपाका नेता कार्यकर्तामाथि फरक फरक मुद्धा लगाउदै गरेको गिरफ्तारीविरुद्ध उभिएका अधिवक्तालाई सम्मान गरेको काठमाडौँ समितिले जनाएको छ । सम्मान कार्यक्रममा नेकपाका नेता हेमन्तप्रकाश ओली सुदर्शनल वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, चुडाबहादुर निरौलालगायत अधिवक्तालाई सम्मान गर्नुभयो ।
हालै नेकपाका नेता भरत बम रिहा हुनुभएको छ । नेकपाका नेता कार्यकर्ताको पक्षमा बहस गरेर रिहाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पार्टीले सम्मान गरेको हो ।