काठमाडौँ ।
नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी‘शुसिल’ले माओवादी शक्तिबिचको बृहत एकतालाई विथोल्नेहरू माओवादीभित्रै रहेको आरोप लगाउनुभएको छ । शनिबार राजधानीको संवाद डबलीमा जवस घोषणा कार्यक्रममा बोल्दै उहाँले सङ्कटमा एकता र सहजमा वेवास्ता गर्ने प्रवृत्ति घातक भएकोसमेत बताउनुभयो ।
उहाँले देशको युगान्तकारी परिवर्तनको संवाहक माओवादी विभिन्न समुहमा विभाजन हुँदा उसको योगदान र एजेण्डाहरू संस्थागत हुन नसेकाले यथासक्य सबै एक ठाउँमा आउन पर्ने धारणा राख्नुभयो । अध्यक्ष शुसिलले सैद्धान्तिक रटानको ढिपी गर्ने जडसुत्रवादी र माआवादी एकजुटताको विषयलाई सत्तामा पुग्ने भ¥याङ बनाउने दक्षिणपन्थी अवसरवादी मुख्य दुई प्रवृत्तिले एकता विथोल्ने फूटवादी आन्तरिक कारण भएको जिकिर गर्नुभयो । ‘देश भित्रका प्रतिगामी, प्रतिक्रियावादी संशोधनवादी र बाहिरबाट साम्राज्यवादी विस्तारवादी षड्यन्त्रले माओवादी एकतालाई रोक्न अहिलेसम्म सफल भएका छन्, त्यसलाई परास्त गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ।
सो कार्यक्रममा बोल्ने स्थायी समिति सदस्यद्वय दिपक जङ्गम, कृष्ण खड्का, निर्माण व्यवसायी संयोजक मदन ढकाल, पोलिटब्युरो सदस्य सुभास लामाले माओवादीहरू विभाजित भएका कारण सामान्ती राजतन्त्रको नारा लाउने ज्ञानेन्द्र शाहीहरू हाकाहाकी माओवादीलाई गाली गर्न थालेको बताउनुभयो ।
कार्यक्रमा नेकपा माओवादी समाजवादीले १८ वटा जनवर्गीय संगठनका नेतृत्वहरू घोषणा गरेको छ । पोलिटब्युरो सदस्य रमेश थपलियाले अध्यक्षता गरेको कार्यक्रममा पोलिटब्युरो सदस्य मिना चन्दले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी)का अध्यक्ष कपिल सिजापतीले गर्नुभएको थियो ।
घोषणा भएका जनवर्गीय संगठन र नेतृत्वहरूः
१) अखिल नेपाल समादवादी जेष्ठ नागरिक संघ ः रंगनाथ ढकाल
२) अखिल नेपाल समाजवादी मधेसी संघः विनोद उपाध्याय
३) शहिद परिवार समाज ः नरेश शाही
४) अखिल नेपाल समाजवादी सांस्कृतिक संघः विहानी वि.क.
५) क्रान्तिकारी समाजवादी ट्रेड युनियन महासंघः कृष्ण खड्का
६) अखिल नेपाल समाजवादी कानुन व्यवसायी संगठनः दिपक जंगम
७) अखिल नेपाल समाजवादी बुद्धिजिबी संघः ज्ञानुमाया शाही
८) अखिल नेपाल समाजवादी निर्माण व्यवसायी संघः मदन ढकाल
९) अखिल नेपाल समाजवादी युवा संघः जागेश्वर बुढा क्षेत्री
१०) अखिल नेपाल समाजवादी निजामती कर्मचारी संघः धनवीर बुढा
११) अखिल नेपाल समाजवादी उद्योग व्यापार संघः डबले शाही
१२) अखिल नेपाल समाजवादी स्वास्थ्यकर्मी संघः उब्जन शाही
१३) थारु मुक्ति मोर्चाः भागीराम चौधरी
१४) मस्लिम मुक्ति मोर्चाः शाहिल शाह
१५) अनेम संघ–क्रान्तिकारीः मिना चन्द
१६) अनेरास्ववियु–क्रान्तिकारीः कपिल सिजापति
१७) अखिल नेपाल समाजवादी देउडा कालाकार संघः कमला धामी
१८) अखिल नेपाल समाजवादी प्रेस संगठनः भक्तराज ऐडी









































