सेयर
ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलकाे उपाधि जितेकाे छ।
आज भएको अन्तिम खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्यो। माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे ।
खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरेका हुन्। उनले रोड्रिगो डि पलको पासमा उत्कृष्ट गोल गरे।
अर्जेन्टिनाले यस अघि सन १९९३ मा कोपा अमेरिकाको उपाधि जितेको थियो। पछिल्लो पटक २०१५ र २०१६ को कोपा अमेरिकामा फाइनलमा पुगेको अर्जेन्टिना उपविजेता बनेको थियो।
यो जितपछि अर्जेंटिनाले अहिलेसम्म १५ पटक कोपा अमेरिकाको उपाधि जितेकाे छ।
shere this
Recent Comments