काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी भित्रको जारी विवाद समाधानका लागि कार्यदल गठन गरेको छ । विवाद समाधानको लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको हो ।
कार्यदलमा स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनादर्न शर्मा र पम्फा भुसाल सदस्य छन् ।
महाधिवेशन केन्द्रित रहेर सहमतिको खोजि सुरु गरिएको छ । महासचिव पौडेल नै सहमतिको खाका हिजो प्रस्तुत गरेका थिए । नेकपामा आन्तरिक द्वन्द्वका कारण पार्टी एकता नै धरापमा परेको छ । तत्कालिन एमाओवादी र एमालेबीच एकता भइ बनेको नेकपामा पार्टी नेतृत्व र सरकारको कामकारबाहीका बिषयमा दुई अध्यक्षबीच नै विवाद बढेपछि समाधानका लागि यो कार्यदल गठन गरिएको छ ।
ओलीको कार्यशैलीलाई लिएर लामो समयदेखि विवाद चलिरहेको छ। ओलीले एकलौटी अघि बढ्न खोजेको भन्दै अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसहितले चर्को आलोचना गर्दै आएका थिए।