नुवाकोट ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले त्रिशुली अस्पताललाई आर्थिक सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले विपद् व्यवस्थापनका लागि अस्पताललाई दुई लाख रकम सहयोग गरिएको जानकारी दिए ।
अस्पतालका मेडिकल सुपेरिण्टेण्डेन्ट डाक्टर रेमकुमार राईलाई चेक हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।
कोरोना भाईरसको संक्रमणविरुद्ध लड्न अस्पताललाई आईसोलेसन कक्ष निर्माण तथा आवश्यक सामग्री खरिदको लागि सो रकम सहयोग गरेको अध्यक्ष तामाङले बताए ।
जिल्ला अस्पतालको आन्तरिक प्रयोग तथा नुवाकोट जिल्लाभरी भेटिएका कोरोना बिरामीको छुट्टै राखि उपचार गर्न नुवाकोटका स्थानिय तहहरुबाट रकम सहयोग उपलब्ध गराउने निर्णयअनुसार स्थानीय तहहरुले जिल्ला अस्पताललाई सहयोग गरेका हुन् ।
नुवाकोटका स्थानिय तहहरुको सहयोगमा जिल्ला अस्पतालमा आईसोलेसन वार्ड पनि तयार गरिएको रेमकुमार राईले जानकारी दिए ।