काठमाडौं (कस)
नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ ।
बामेदव गौतमलाई कोरोना महामारी सकिएपछि प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेपछि नेकपा सचिवालयको पहिलो बैठक बसेको थियो ।
अर्का अध्यक्ष प्रचण्ड र अरु नेताहरुले पनि आत्मालोचित भएर अगाडि बढ्ने नेकपाको निर्णय छ ।
सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने भनेको छ । पार्टी नेताले जितेको कुनै एक सिट खाली गराएर उपचुनाव गराउने नेकपाको तयारी छ । बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘प्रतिनिधिसभाको उम्मेदवार बनाएर उहाँलाई प्रतिनिधिसभामा ल्याउन पहल गर्ने निर्णयभित्र स्वभाविक रुपमा त्यो अन्तरनिहीत छ । उहाँ प्रतिनिधिसभाको सदस्य भएर आउनु भएपछि प्रधानमन्त्री बन्ने सम्भावनाको ढोका खुल्छ ।’
नेकपाले यही बैशाख २५ गते स्थायी कमिटीको बैठक बोलाएको छ ।
यस्ता छन् सचिवालय बैठकका निर्णयः
(१)पार्टी र सरकार सँग जोडिएर उठेका समग्र विषयवस्तुको समिक्षा गरि पार्टीलाई सुदृढ र मजबुत तथा सरकारलाई थप प्रभावकारी बनाउने।
(२)कोरोना माहामारी बाट जोगिन सरकारले चालेको कदम लाई पार्टी एकताबद्ध रुपमा परिचालित हुने।
(३)पार्टीका उपाध्यक्ष क.वामदेव गौतमलाई उचित समयमा प्रतिनिधि सभा सांसद बनाउन पहल गर्ने।
(४)उक्त कार्यका लागि आवश्यक कार्ययोजना बनाउन बैशाख -२४ गते सचिवालय बैठक बस्ने।
र
(५)बैशाख -२४ गते बस्ने सचिवालय बैठकको निर्णय कार्यन्वयनका लागि बैशाख -२५ गते स्थायी कमिटी बैठक बस्ने।
भिडियो