सेयर
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजिनामा स्वीकृत भएको छ । गजुरेलको राजीनामा मंसिर २० देखि लागू हुनेगरी स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गजुरेलले मंसिरमा नै प्रधानमन्त्रीको सल्लाहकारबाट राजिनामा दिनुभएको थियो । तर अहिलेसम्म उहाँको राजीनामा होल्ड गरेर राखिएको थियो ।
आफ्नो चुनाव क्षेत्र सिन्धुलीमा माओवादीबाट टिकट नपाएका नेता गजुरेल २०७९ माघ ९ गते प्रधानमन्त्री प्रचण्डको मुख्य राजनीति सल्लाहकारमा नियुक्त हुनुभएको थियो । आफ्नो सल्लाह नसुनिने भएपछि पदमा बसिरहन उचित नभएको भन्दै गजुरेलले मंसिर २० गते नै राजीनामा दिनुभएको थियो ।
shere this









































