सेयर
माओवादी छोडेर एमालेमा लागेका रामबहादुर थापाहरु सहित एमालेको स्थायी कमिटीको बैठक शुरु भएको छ । १० बुँदे सहमति कार्यान्वयन गर्ने अध्यक्ष केपी शर्मा ओलीको प्रतिवद्धतापछि बोलाइएको स्थायी कमिटी बैठकमा लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका १० नेताहरु सहभागी भएका छन् ।
बैठकमा माओवादी केन्द्र परित्याग गरेर आएका पूर्व माओवादी नेताहरु समेत सहभागी छन् । बैठकले हिजो भएको सहमतिअनुसार पार्टी कमिटीहरुलाई २ जेठ २०७५ मा फर्काउने १० बुँदे सहमतिअनुरुपको कार्यतालिका बनाउने बताइएको छ ।
shere this